हिमपहिरोले थुनिएको बोक्सीखोला बग्न थाल्यो
काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर–२ स्थित कोबाङमा हिमपहिरोका कारण थुनिएको बोक्सिखोला बग्न थालेको छ । शुक्रबार पहिरोका कारण बोक्सिखोलाको ८० प्रतिशत बहाव रोकिएको थियो ।
अहिले उक्ता खोला बग्न थालेको मुस्ताङका डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।
नदी रोकिएको ठाउँभन्दा तल रहेका ९ घर परिवारलाई त्यहाँबाट सुरक्षित स्थलमा सारिएको थियो ।