२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्जर गर्ने तयारी

काठमाडौं । नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई मर्जर गर्ने तयारी गरेको छ । नेपाल बंगलादेश बैंक मर्जरमा जान तयार रहेको भन्दै मर्जरका लागि आवश्यक तयारी थाल्ने विषयमा नबिल बैंक सञ्चालक समितिमा छलफल भएको छ ।

नेपाल बंगलादेश बैंकमा अहिले बंगलादेशको आईसीएफसी बैंकको लगानी रहेको छ । आईसीएफसी बैंककै प्रतिनिधिको रुपमा एआरएम नाजमुस साकिद सञ्चालक समिति अध्यक्ष रहेका छन् भने अन्य २ सञ्चालकहरु पनि आईसीएफसीका प्रतिनिधि नै रहेका छन् ।

नबिल बैंक स्रोतले दिएको जानकारी अनुसार आईसीएफसीको शेयर चौधरी समूहले खरिद गर्नेछ । त्यसपछि मर्जरको प्रक्रिया अघि बढाइनेछ । शेयर खरिदका विषयमा समेत यी दुई बैंकबीच सहमति भइसकेको श्रोतले बताएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com