गायक राजेश पायल राईमाथि हातपात
![](https://www.janasewanews.com/wp-content/uploads/2022/01/1568704987rajesh-payal_rai-1.jpg)
काठमाडौं । भर्सटाइल गायक राजेशपायल राईमाथि हातपात भएको छ । नयाँ वर्ष २०२२ को अवसरमा अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहेका गायक राईमाथि हातपात भएको हो ।
हातपात भएको सार्वजनिक भिडियोमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमै चढेर पछाडिबाट अंगालो मार्ने प्रयास गरेका थिए ।
यसरी हातपात हुनासाथ आयोजकले स्टेजबाट उक्त युवकलाई बाहिर निकालेका थिए ।