च्यासलसँग बराबरी खेलेको सङ्कटाले दोस्रो स्थानमा जाने मौका गुमायो

काठमाण्डौ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सङ्कटा क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

आज विजयी भएको भए सङ्कटा १५ अङ्कसहित दोस्रो स्थानमा पुग्ने थियो । तर बराबरीसँगै १३ अङ्कका साथ तेस्रो स्थानमा यथावत रहेको छ ।

च्यासल पाँच अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: