युगान्डाविरुद्धको सिरिजका लागि महिला क्रिकेटको अन्तिम टोली घोषणा
युगान्डाविरुद्धको सिरिजका लागि महिला क्रिकेटको अन्तिम टोली घोषणा
जनसेवा न्युज डटकम संवाददाता
युगान्डाविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले शनिबार रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी–ट्वान्टी सिरिज खेल्नेछ । त्रिवि क्रिकेट मैदानमा हुने सिरिज पाँच खेलको हुनेछ । नेपाल र युगान्डाबीचको पहिलो टी–ट्वान्टी जेठ २ गते हुनेछ ।
नेपाली टोली :
रुबिना क्षेत्री (कप्तान) सीता राना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, अश्मिना कर्माचार्य, संगीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, बिन्दु रावल, डोली भट्ट, हिरणमायी रोय