आफ्नो पार्टीको आन्दोलनमा प्रहरीले गोली चलाएर बन्दुकको दम्भ देखाए : डा. राउत

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टीको आन्दोलनमा प्रहरीले गोली चलाएर बन्दुकको दम्भ देखाएको बताएका छन्
झडपमा प्रहरीको गोली लागेर घाईते कार्यकर्तालाई भेट्न जनकपुरस्थित प्रादेशिक अस्पताल पुगेका राउतले यो घटनामा प्रहरीले आफ्नो बन्दुकको दम्भ देखाएको बताएका हुन् ।
उनले प्रहरी दमन बन्द नभए अझ सशक्त आन्दोलन हुने चेतावनी पनि दिए ।
उनले शान्तिपूर्ण आन्दोलन गरिरहेका कार्यकर्तामाथि प्रहरी एक्कासी आएर गोली चलाएको दावी गरे ।
उनले भने – काठमौंमा सिंहदरबारको मुख्य सडक नै जाम गरेपनि पानीको फोहोराले स्वागत गरिन्छ । तर यहाँ २र३ घण्टा शान्तिपूर्ण राजमार्ग बन्द गर्नदिन अनुरोध गर्दापनि प्रहरीले निर्मम तरिकाले नरसंहार गर्न खोजेको देखियो । यसको जवाफ प्रहरीले दिनुपर्छ ।
जनमतका कार्यकर्ताले विहानैदेखि पोर्ताहामा राजमार्ग अवरुद्ध गरेका थिए । किसान आन्दोलनका नाममा राउतको पार्टीका कार्यकर्ताले आन्दोलन गर्दै आएका छन् ।
राजमार्ग अवरुद्ध पार्न जनमतका कार्यकर्ता लाठी बोकेर सडकमा निस्किएका थिए । राजमार्गमा टायर बालेर अवरोध गर्न थालेपछि प्रहरीले हटाउन खोजेको थियो ।