२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

लोकतान्त्रिक प्रक्रियाबाटै समीकरण बदल्दा म विश्वासघाती र धोकेवाज कसरी भएँ : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक प्रक्रियाबाटै समीकरण बदल्दा आफू विश्वासघाती र धोकेवाज कसरी भएँ भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले कुनै बेला संसदको रोस्ट्रममै उभिएर आफूलाई नेपालको राजनेता भनेर घोषणा गरेको पनि बताए ।

‘त्यही राजनेता आज संविधान, राजनीतिक मान्यताका आधरामा राष्ट्रको बृत हित, राजनीतिक मुद्दालाई केन्द्रमा राखेर लोकतान्त्रिक प्रक्रियाबाट समीकरण बदल्दा म विश्वासघाती र धोकेवाज कसरी भएँ रु’ उनले प्रश्न गरे ।

आफू कांग्रेसको समर्थनमा एक पटक प्रधानमन्त्री भएको तर माओवादी केन्द्रको समर्थनमा कांग्रेसले दुई पटक सरकारको नेतृत्व गरेको पनि उनले स्मरण गराए ।

उनले आफ्नो कारणले नेपाली कांग्रेसमा युद्धविराम भएको जिकिर गर्दै नेपाली कांग्रेसलाई एकीकृत गर्ने नयाँ संकल्पमा यो युद्धविरामलाई परिणत गर्न पनि सुझाव दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com