२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

टीकापुरमा बालबालिकाको पोषणका लागि बालभिटा खुवाइँदै

टीकापुरमा बालबालिकाको पोषणका लागि बालभिटा खुवाइँदै

 

कैलाली । कैलालीको टीकापुर नगरपालिकामा बहुक्षेत्रीय पोषणका आंशिक कार्यक्रम सञ्चालनमा छन् ।

टीकापुरमा अहिले पनि छ प्रतिशत बालबालिका कुपोषणको जोखिममा रहेको तथ्याङ्क छ । बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि यसै वर्षदेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन थालिएको छ ।

बालबालिकाको पोषणमा ध्यान दिन कैलाली जिल्लाभरि यस वर्ष बालभिटा खुवाउन थालिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । गत असोजदेखि कैलालीको टीकापुर नगरपालिकाले छ महिना पुगिसकेका बालबालिकालाई अनिवार्य बालभिटा खुवाउन थालेको हो ।

बालबालिकालाई छ महिनादेखि दुई वर्षसम्म बालभिटा खुवाइने भएपछि बच्चाका आमाहरूले बालभिटालाई बच्चाको खानामा मिसाएर खुवाउने गरेका छन्” सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका चन्द्रावती शर्माले भन्नुभयो, “बच्चालाई स्वस्थ रहन सघाएको छ । बच्चाले पनि बालभिटा रुचाएर खाने गरेका आमाहरू बताउँछन् ।

टीकापुरकी पुष्पा देवकोटाले पनि आफ्नो बच्चालाई नियमित बालभिटा खुवाइरहेको बताउनुभयो ।

पहिलो बच्चा हुँदा बालभिटा खुवाउन पाइएन, अहिले दोस्रो बच्चाको पालामा स्वयंसेविकाले बालभिटा दिनुभयो, मैले खुवाइरहेकी छु”, देवकोटाले भन्नुभयो, छोरी स्वस्थ छिन्, सरकारले बालबालिकाको स्वास्थ्य राम्रो होस् भनी ल्याएका कार्यक्रम राम्रा छन् ।”

बालभिटा १५ प्रकारका भिटामिन तथा खनिजतत्वको मिश्रण हो । यो सानो पुरियामा पाइन्छ ।

बालभिटा खानामा मिसाएर खुवाइन्छ । बालभिटा छ महिना पूरा भएदेखि दुई वर्षमुनिका बालबालिकालाई खुवाउनुपर्छ । बालभिटा घरमा तयार पारिएका खानेकुरा (जाउलो, लिटो, मिचिएको दाल, भात) सजिलैसँग मिसाएर खुवाउन सकिने भएकाले बालबालिका पनि रुचाएर खाने गरेको आमाहरू बताउँछन् ।

टीकापुरकै दुर्गा चौधरीको बच्चाले पनि खानासँग बालभिटा खाइरहेको छ ।

पालिकाले बच्चाको नियमित वृद्धि अनुगमन, स्वस्थ बच्चाबीच प्रतिस्पर्धाजस्ता कार्यक्रम पनि गरिरहेको छ । यसले हामी आमाहरूलाई पनि सचेत गराउने गरेको छ”, चौधरीले भन्नुभयो, “मेरो बच्चा स्वस्थ छ । हरेक महिना वृद्धि अनुगमन गर्दा स्वास्थ्यकर्मीले बच्चाको अवस्थाबारे भन्छन्, कसरी स्याहार्ने भनी सुझावसमेत दिने गरेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com