२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

अब ‘क्वइसन बैंक’ र ‘गेस पेपर’ पढेर मात्रै परीक्षा पास गर्न नसकिने

काठमाडौं । पुराना प्रश्नपत्रको सँगालो अभ्यास गरेका भरमा कक्षा ८, १० र १२ को परीक्षाबाट अब सहजै पार पाउन सकिने छैन । पालिकाले सञ्चालन गर्ने कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र केन्द्रीयस्तरमा सञ्चालन हुने कक्षा १२ को परीक्षामा वर्षैपिच्छे प्रायः प्रश्न दोहोरिने गरेका छन् । यसैका कारण पुराना प्रश्नपत्रको सँगालो र गेस पेपरको व्यापार निकै फस्टाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ८, १० र १२ का लागि स्तरीकृत प्रश्नपत्र तयार गरेर प्रश्न बैङ्क निर्माण गर्दै छ । बोर्डले बुधबार आयोजना गरेको कार्यशालामा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले परीक्षा प्रणालीमा सुधार गर्नु जरुरी भएको बताउँदै भने, “स्तरीकृत प्रश्नपत्रको बैङ्कमा सयौँ नमुना प्रश्नपत्र समावेश हुनेछ । पलिका वा प्रदेशको पहुँच प्रश्न बैङ्कमा पुर्‍याइनेछ ।

उनीहरूले त्यहीँबाट इच्छाअनुसार प्रश्नपत्र तयार गर्न सक्नेछन् ।” उनले कम्तीमा पाँच वर्षसम्म प्रश्न दोहोरिन नदिने बताए । यसबाट पुराना प्रश्नपत्रको सँगालो विस्थापित हुने दाबी गरिएको छ ।

बोर्डले शैक्षिक सत्र २०७९ बाट एसईई र कक्षा १२ मा तथा आगामी शैक्षिक सत्र २०८० बाट कक्षा ८ मा स्तरीकृत प्रश्नपत्र लागू गर्ने भएको छ । स्तरीकृत प्रश्नपत्रका कारण पालिका र प्रदेशको प्रश्नपत्र समानस्तरको हुनेछ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com