२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

सांस्कृतिक र पहिचानका आधारमा एक नम्बर प्रदेशको नामाकरण लिम्बुवान हुनुपर्ने : डा. भट्टराई

जनसेवा न्युज डटकम संवाददाता

पाँचथर — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जातीय मुक्तिबिना देशको समृद्धि सम्भव नहुने बताएका छन् । पाँचथरको सदरमुकाम फिदिममा आइतबार आयोजित कार्यक्रममा डा. भट्टराईले यस्तो बताएका हुन् । अब जातीय मुक्तिसँगै देशको समृद्धि कांग्रेस, एमाले र माओवादी पार्टीको नेतृत्वमा सम्भव नहुने उनको दाबी छ ।

आफूले माओवादी जनयुद्व सुरु गर्नुअघि नै जातीय मुक्तिको आन्दोलनलाई एजेण्डाको रुपमा अगाडि बढाए पनि परम्परागत सोचका सहयात्री र अन्य दलका कारण त्यो सम्भव नभएको उनको भनाइ थियो ।

कांग्रेस २००७ सालको र एमाले झापा आन्दोलनताकाको साथै माओवादी जनयुद्वको क्रान्तिकारी पार्टी भए पनि हालको अवस्थामा जनता समाजवादी पार्टी बाहेक अरु कुनै पनि दल क्रान्तिकारी हुन नसक्ने भट्टराईको दाबी थियो। ऐतिहासिक, सांस्कृतिक र पहिचानका आधारमा एक नम्बर प्रदेशको नामाकरण लिम्बुवान हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको उनले बताए ।

आफ्नो दलमा माओवादी, एमाले, कांग्रेस र मधेसवादी चिन्तनबाट खारिएर आएका नेताहरूको संयोजन रहेकाले अब एकपटक वैकल्पिक शक्तिका रुपमा स्थापित हुने भट्टराईको भनाइ थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com