२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

विश्व इतिहासमा आजः अमेरिकाले क्युबासँग सम्बन्ध तोडेको त्यो दिन

एजेन्सी

आज ३ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

अमेरिका र रसियाबीच आणविक सन्धीमा हस्ताक्षर

सन् १९३३ मा अमेरिका र रसियाबीच आणविक सन्धीमा हस्ताक्षर भएको थियो । आणविक हतियारलाई ३ हजारमा झार्ने विषयमा अमेरिका र रसियाबीच स्ट्राटेजिक आम्स रिडक्सन ट्रिटी (एसटीएआरटी) मा हस्ताक्षर भएको थियो ।

अमेरिकाले तोड्यो क्युबासँगको कूटनीतिक सम्बन्ध

सन् १९६१ को ३ जनवरीमा अमेरिकाले क्युबासँगको कूटनीतिक सम्बन्ध तोडेको थियो । सन् १९६१ को अप्रिलमा बे अफ पिग्समा अतिक्रमण सुरु गरेर अमेरिकी सरकारले क्युबाको तत्कालिन शासकलाई पदच्युतको असफल प्रयास गरेको थियो ।

रुसबाट अमेरिकाले किनेको भूभाग अमेरिकाको ४९ औं राज्य

सन् १९५९ मा अलास्का अमेरिकाको ४९ औं राज्य बनेको थियो । सो क्षेत्रलाई अमेरिकाले सन् १८६७ मा ७२ लाख डलरमा किनेको थियो ।

नासाको मार्स रोभर मंगल ग्रहमा

सन् २००४ मा अमेरिकी अन्तरिक्ष निकाय नासाको मार्स एक्सप्लोरेसन रोभर स्पिरिट मंगल ग्रहमा अवतरण गरेको थियो । मंगल ग्रहको सतहको रसायनिक तथा भौतिक बनौटबारे रोभरले अध्ययन गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com