२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

पृथ्वी जयन्तीमा सार्वजनिक विदाको माग गर्दै राप्रपा : अध्यक्ष लिङ्देनले वुझाए प्रधानमन्त्री लाई : ज्ञापन पत्र

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पृथ्वी जयन्तीमा सार्वजनिक विदाको माग गरेका छन् । १८ गते आईतवार बालुवाटार पुगेर लिङ्देनसहित राप्रपा नेताहरूले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरेका छन्।

राप्रपा नेता मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्तीका दिन पुस २७ मा बिदा दिन राप्रपा प्रतिनिधिमण्डलले माग गरेको हो। साथै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पनि राप्रपाको माग छ।

राप्रपाले प्रधानमन्त्री देउवालाई पृथ्वी जयन्तीमा बिदा दिन माग गर्दै ज्ञापन पत्र पनि बुझाएको छ। अध्यक्ष लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलमा उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे र रोशन कार्की, महामन्त्रीहरु भुवन पाठक र कुन्ती शाही सहभागी रहेको प्रतिनिधिमण्डलका सदस्य नेता मोहन श्रेष्ठले बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com