२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

माओवादी केन्द्रको चुनाव लक्षित प्रशिक्षण तीव्र

माओवादी केन्द्रको चुनाव लक्षित प्रशिक्षण तीव्र

जनसेवा न्युज डटकम संवाददाता

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले चुनाव लक्षित प्रदेश​ प्रशिक्षणलाई तीव्रता दिएको छ । जस अन्तर्गत आज बागमती प्रदेशका नेता कार्यकर्तालाई प्रशिक्षण दिइने भएको छ ।

बागमती प्रदेश समितिको बैठक ललितपुरको सिद्धार्थ कटेजमा सुरु भएको छ । बैठकमा बागमती प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीलाई सहभागी हुन आग्रह गरिएको छ । कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुको सहभागिता रहने भएको छ ।

भोलि उपत्यका विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति प्रदेश, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने माओवादी केन्द्रको तयारी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com