२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

प्रदेश एकमा २७ जना कोरोना सङ्क्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोेरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४२३ जनाको पिसिआर परीक्षण गर्दा २५ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा दुईजनामा सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा चार, झापामा तीन, उदयपुरमा एक र प्रदेशबाहिरका चारजनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०, उर्लाबारी, बेलबारी र धनपालथानमा एकरएक, सुनसरीको इटहरीमा दुई, धरान र रामधुनीमा एकएक, झापाको भद्रपुर, मेचीनगर र कमल गाउँपालिकामा एकरएक, उदयपुरको त्रियुगामा एक र प्रदेशबाहिरका चारजनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आज पाँच महिलासहित ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १३५ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com