२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

विवेकशील साझाले भन्यो : निर्वाचनमा नतिजा अपेक्षाकृत आउन नसकेकोमा अत्यन्तै दुःखी छौँ

विवेकशील साझाले भन्यो : निर्वाचनमा नतिजा अपेक्षाकृत आउन नसकेकोमा अत्यन्तै दुःखी छौँ

जनसेवा न्युज डटकम संवाददाता

विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा अत्यन्तै दुःखी भएको बताएको छ । पार्टी प्रवक्ता शरदराज पाठकले सोमबार विज्ञप्ति जारी गर्दै सिकाइका आधारमा केही निर्मम समीक्षा र निर्णय हुने बताएका हुन् ।

विवेकशील पराजितका विषयमा टिकाटिप्पणी भइरहेका बेला पाठकले भनेका छन्, कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमहरूले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अंगिकार गरेको “विचारभन्दा माथि देश” दस्तावेजको भूमिका रहेको विश्लेषण गरिरहेका छन्। अहिले मात्र होइन, सो दस्ताबेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो, जुन सोचनीय विषय छ ।

उनले वैचारिक उथलपुथल र कमजोरीका बाबजुद इमानदारी, देशभक्ति र समाज रूपान्तरणको दृढता कहिल्यै नगुमाएको दाबी गरेका छन् । अरू कयौँ पार्टीहरूले पैसाको खोलो बगाइरहँदा, पार्टीबाट एक पैसा सहयोग नहुने स्पष्ट हुँदाहुँदै पनि परिवर्तनको आकाङ्क्षाले आँट गरेर चुनावमा होमिनु भएका पार्टीका सम्पूर्ण उम्मेदवारहरूप्रति पार्टी अत्यन्तै आभारी छ, विज्ञप्तिमा भनिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com