अध्यक्षमा अन्य कसैको उम्मेदवारी नदिएपछि अध्यक्षमा प्रचण्ड निर्विरोध चयन
![](https://www.janasewanews.com/wp-content/uploads/2022/01/cm-1.jpg)
काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न भएको आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई निर्विरोध चयन गरेको हो ।
![](https://janasewanews.com/wp-content/uploads/2022/01/po-1.jpg)
सोमबार बसेको बैठकमा नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रचण्डको नाम प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका थिए ।
![](https://janasewanews.com/wp-content/uploads/2022/01/pj.jpg)
अध्यक्षमा अन्य कसैको उम्मेदवारी नदिएपछि अध्यक्षमा प्रचण्ड निर्विरोध चयन भएका थिए ।