२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

जनमत पार्टी र कांग्रेसले सरकारमा सहकार्य गर्ने

जनमत पार्टी र कांग्रेसले सरकारमा सहकार्य गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। बिहीबार बालुवाटारस्थित निवासमा अध्यक्ष राउत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो।

भेटमा सत्ता गठबन्धनमा जनमत पार्टी पनि संलग्न हुने सहमति भएको कांग्रेस नेता विमलेन्द्र निधिले ट्वीटरमार्फत् जानकारी दिएका छन्।

‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुबैमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ,’ निधिले लेखेका छन्।

निधि र राउतबीच बुधबार भेटवार्ता भएको थियो। त्यहाँ राउतले मधेस प्रदेशमा सरकारको नेतृत्व पाउनुपर्ने प्रस्ताव राखेका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com