२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

चिरिबाबुको प्रस्ताव- चिडियाखाना राति पनि सञ्चालन गरौं, महानगरले लगानी गर्छ

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालीन चिडियाखानाको रुपमा विकास गर्न महानगर लगानी गर्न तयार रहेको बताएका छन् ।

आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।/

‘म चाहन्छु चिडियाखानाको व्यवस्थापनले महानगरपालिकासँग एउटा अर्को सहकार्य गरौं न । विदेशतिर रात्रिकालिन ‘जू’ हुन्छन् । रातिको समयमा पनि चिडियाखाना हेर्न पाइने रहेछ । मैले पनि दुई ठाउँमा हेरेँ । हामीकहाँ यो सम्भावना छ कि छैन ? एकपटक अध्ययन गरौं न,’ मेयर महर्जनको प्रस्ताव छ ।

सदर चिडियाखानालाई रात्रिकालीन रुपमा चलाउनको लागि सम्भव भए/नभएको अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई आग्रह समेत उनले गरेका छन् ।

‘अध्ययन गरेर रात्रिकालीन चिडियाखाना बनाउन सहज र सम्भव छ भने महानगर लगानी गर्न तयार छ । यसको अध्ययन गर्नको लागि म विशेष अनुरोध गर्न चाहन्छु । किनभने यहाँ रात्रिकालीन क्रियाकलापहरू छैनन् । रात्रिकालीन क्रियाकलापहरू शहर नजिकै रहेको ठाउँमा थोरै ठाउँमा सुरु गरौं,’ उनले भने ।

साथै, आफू प्रमुख भएर आएपछि चिडियाखासँग सम्बन्धित प्रतिबद्धताहरू सबै पुरा भइसकेको उनको दाबी थियो ।

‘म मेयर भइसकेपछि चिडियाखानासँग एक प्रकारको सम्बन्ध बनाएर प्रतिवद्धता व्यक्त गरेको थिए त्यो सबै पूरा भइसकेको छ । केही पनि बाँकी छैन,’ उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com