२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

बैंक अफ काठमाण्डू लिमिटेडको बिओके रेमिट बचत खाता तथा मुद्ती खाता सार्वजनिक

बैंक अफ काठमाण्डू लिमिटेडको बिओके रेमिट बचत खाता तथा मुद्घती खाता सार्वजनिक

मिति : २०७८ पुष २१ प्रेस विज्ञाप्ति पुर्ण पाठ :
काडमाण्डौँ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो विदेशमा रहनुभएको नेपाली महानुभावलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहक महानुभावहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके रेमिट बचत खाता तथा मुद्घती खाता सार्वजनिक गरेको छ । “श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिरहनु भएका नेपाली महानुभावहरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्घती खाता संचालनमा ल्याएको छ ।

विदेशमा बसि श्रम गरिरहनु भएका महानुभावहरुले उक्त बचत तथा मुद्घती खाता यस बैंकमा खोल्न सक्नुहुनेछ । यस मुद्घती खाता खोल्दा ग्राहक महानुभावहरुले ११.०५% वार्षिक ब्याजदर पाउनुहुनेछ । साथै, बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफल सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५०% को छुट तथा अन्य आर्कषक बिशेषताहरुको उपयोग गर्न सक्नुहुनेछ । बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्घती खाताले विदेशमा श्रम गरि आर्जन गर्नुभएको रकमको उच्चतम् प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन पाउनुहुने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com