सिलिण्डर विष्फोट हुँदा १ जनाको मृत्यु, १२ जना घाइते

काठमाडौँ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ मा ग्यास सिलिण्डर विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
मेचीनगर ७ स्थित इन्द्रेणी टोलमा स्थानीय केशव पाठकको घरमा गएराति करिब ९ः ३० बजे आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि स्थानीय नागरिकहरु घट्नास्थल पुग्दा सिलिण्डर पड्किएर उनीहरू घाइते भएका हुन् ।
सोही क्रममा ग्यास सिलिण्डर विष्फोटमा परी मेचीनगर– ८ बस्ते ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको हो । घाइते उनलाई उपचारका लागि एन्जल मेडिकल धुलाबारी पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस्तै आगलागीमा घाइते हुनेमा मेचीनगर ८ का लेखनाथ तिमल्सिना, बिर्तामोड ९ का गोविन्द प्रसाद राजवंशी, मेचिनगर ७ का दिपेन्द्र कार्की, मेचिनगर ७ कै चन्दन गौतम, मेचीनगर ७ कै सुबलाल राजवंशी, विनोद गिरि, नवराज श्रेष्ठ, सन्देश बोहोरा, भवानी शंकर न्यौपाने, मेचीनगर ८ का हरि वि.क. निर्मल शर्मा पनि घाइते भएका छन् । उनिहरु सबैको बि. एण्ड सि। अस्पताल विर्तामोडमा उपचार भइरहेको जनाइएको छ ।
आगलागीमा घाइते भएकी मेचीनगर ८ का अर्जुन अधिकारीकी छोरी शुसिला अधीकारीको भने स्थानीय साइ सुमिरन मेडिकल ईटाभट्टामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।