२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

जनयुद्धको मुल नेतृत्वको गद्धारीकै कारण पीडितहरुले न्याय पाउन नसकेको नेता : सन्तोष बुढा मगर को दाबी

जनयुद्धको मुल नेतृत्वको गद्धारीकै कारण पीडितहरुले न्याय पाउन नसकेको नेता विषमको दाबी
‘जनयुद्धका सहिद, बेपत्ता र घाइतेप्रति राज्य जिम्मेवार नबने अवस्था गम्भीर हुन सक्छ’

काठमाडौँ, पुस २१ गते । जनयुद्धका सहिद, बेपत्ता र घाइतेको सवालमा राज्य जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । उनीहरुले अहिलेका राजनीतिक उपलब्धीको ग्रहण गरेपनि राज्यले बलिदानको सम्मान गर्न नसकेको बताए ।

बुधबार संवाद डबलीमा ‘सहिद तथा बेपत्ता योद्धाहरुको योगदान र राज्यको दायित्व’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपाका सचिवालय सदस्य सन्तोष बुढामगरले जनयुद्धको मुल नेतृत्वको गद्धारीकै कारण पीडितहरुले न्याय पाउन नसकेको बताए ।

उनले आफ्नो पार्टी सहिद, बेपत्ता र घाइतेको पक्षमा आवाज उठाउँदै आएको बताए । कार्यक्रममा बोल्दै नेता बुढामगरले आफ्नो पार्टीले जनयुद्धका एजेण्डालाई नछोडेको समेत दाबी गरे ।

नेकपा (एमाले)का केन्द्रीय सचिव लेखराज भट्टले आफू अहिले एमालेमा भएपनि विगतको विरासतपूर्ण इतिहास, धरातल र माओवादी जनयुद्धमा सहिदले गरेको बलिदान, बेपत्ताहरु र घाइते–अपाङ्ग योद्धाहरुप्रतिको जिम्मेवारी नभएको बताएका छन् ।

नेता भट्टले आफू पनि जनयूद्धको घाइते भएको तर कतै दर्ज नभएको बताउँदै भने,“घाइते तथा अपाङ्गहरुको पीडा कस्तो हुन्छ भन्ने मलाई पनि थाहा छ, त्यही भएर म सत्ताको जिम्मेवारीमा गएको बेला मैले ती साथिहरुको पक्षमा धेरै काम गर्ने कोशिष गरेको थिएँ ।”

जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीले यो राज्यसत्ता बेइमानी भएकोले जनयुद्धका पीडितहरुले न्याय नपाएको बताइन् । जनयुद्धमा महिलाहरुले उच्च बलिदान गरेको बताउँदै उनीहरुका परिवारलाई त्यो अनुभूत हुन नसकेको बताइन् । उनले आफू पनि जनयुद्धमा सहभागी भएको यात्री भएको बताउँदै पीडितको न्यायको लागि आफू लाग्ने बताइन् ।

नेकपा (क्रान्तिकारी माओवादी) लका पोलिट्ब्यूरो सदस्य दिनेश शर्माले जनयुद्धकै कारण नेपालमा गणतन्त्र आएपनि त्यसलाई अपराधिकरण गरिएको बताएन । उनले जनयुद्धको मुल नेतृत्वले एजेण्डालाई अलपत्र पारेकै कारण सहिद, बेपत्ताका परिवार र घाइते योद्धाले गर्वको अनुभूति गर्न नपाएको बताए । शर्माले अहिलेको व्यवस्था दलालहरुको हातमा भएको बताउँदै जनयुद्धका सदिह, बेपत्ता र घाइतेको सम्मान नगर्ने बताए । उनले आफ्नो पार्टी जनयुद्धको उद्देश्य पूरा गर्न लागिपरेको बताए ।

नेकपा (माओवादी केन्द्र) युवा नेता लेखनाथ न्यौपाने राज्यले जनयुद्धका उपलब्धीहरुलाई जिम्मेवारीपूर्ण रुपमा नलिएकै कारण समस्या भएको बताए । विस्तृत शान्ति सम्झौता हुँदा गरेका प्रतिवद्धता राज्यले इमान्दारीपूर्वक गरेका कार्यान्वयन गर्नुपर्नेमा न्यौपनाले जोड दिए ।

राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटरले तत्कालिन विद्रोही र राज्य पक्ष दुबै जिम्मेवार नभएकै कारण जनयुद्धको क्रममा बेपत्ता पारिएका नागरिकको खोजी नभएको बताए । उनले जनयुद्धको क्रममा भएको उच्च बलिदानीकै कारण अहिलेका राजनीतिक उपलब्धी भएको बताउँदै सहिद, बेपत्ता र घाइतेको विषयमा सरकार गम्भीर नभए त्यसको परिणाम नराम्रो हुन सक्ने बताए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य माइला लामा, मानव अधिकारवादी चरण प्रसाई, बहिर्गमित जनमुक्ति सेना केन्द्रीय संघर्ष समितिका इन्चार्ज असिम लिम्बु, जनअधिकार अभियान नेपालका महासचिव रामकुमार भण्डारीलगायतले जनयुद्धका सहिद, बेपत्ताको सवालमा राज्यपक्ष गैरजिम्मेवारी भएको बताएका थिए ।
कार्यक्रममा बेपत्ता छानविन आयोगका सदस्य विश्व प्रकाश भण्डारी र सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य मना दहालले आयोगले अहिलेसम्म गरेको कामकारहीको जानकारी गराएका थिए । जनशक्ति, बजेट र कानूनकै कारण आयोगले काम गर्न नसकेको उनीहरुले भनाई थियो ।

कार्यक्रममा वरिष्ठ अधिबक्ता एकराज भण्डारीले कार्यपत्र पेश गरेका थिए भने जनक्रान्तिका सहिद परिवारकी अध्यक्ष खुमा सुवेदीले संचालन गरेको कार्यक्रम बेपत्ता परिवार सावित्रा दुराको अध्यक्षमा सम्पन्न भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com