२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

उखुबारीमा महिलाको शव फेला पर्‍यो

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका १० कटानीमा आज शुक्रवार उखुबारीमा अर्धनग्न अवस्थामा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ ।

कटानीकी ३२ वर्षीया सावित्री देवी राम चमारको शव बरहथवा नगरपालिका ७ राम छबिला साहको उखुबारीमा स्थानीयवासीले घाँस काट्ने क्रममा फेला पारेका हुन् । मृतक महिलाको शरीरको विभिन्न भाग जलेकोले घटना शङ्कास्पद देखिएपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

मृतक महिला एक हप्ताअघि देखि घरबाटै हराएको स्थानीयवासीले बताएका छन् । मृतक महिलाका श्रीमान् सुरत माझी दुई वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको परिवारले बताएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सर्लाहीम राखिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com