२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

बिमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्वाचित

काठमाडौं । नेपाल बिमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्वाचित भएका छन् । निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन संघको शुक्रबार सम्पन्न अधिवेशनले क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रहेका क्षेत्री यस अघि संघको महासचिव थिए । संघको उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री चयन भएका छन् भने महासचिवमा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का चयन भएका छन् ।

यसैगरी कोषाध्यक्षमा आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सदस्यहरुमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित ब्रजाचार्य, राष्ट्रिय बिमा कम्पनीका कामु सीईओ सुभाष कोइराला, अजोड इन्स्योरेन्सका सीईओ कुमारबहादुर खत्री, ओरियन्टल इन्स्योरेन्सका बिनोद बालचन्द्र घाते, जनरल इन्स्योरेन्स कम्पनीका रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com