२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

बढ्यो नेप्से सूचक, कारोबार रकम ८ महिना यता कै उच्च

साताको पहिलो दिन आज आइतबार शेयरबजार परिसूचक नेप्से ७३।०१ अंकले बढेको छ । आजको वृद्धिपछि नेप्से सूचक २७६५.४७ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६ सय २१ कित्ता शेयर खरीद बिक्रिबाट ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको छ । ८ महिनापछि कारोबार रकम ७ अर्ब नाघेको हो । यस अघि बैशाख ३० गते ७ अर्ब १२ करोडको कारोबार भएको थियो । त्यसपछि आज पहिलो पटक ७ अर्ब बढीको कारोबार भएको हो ।

आज अपि पावरको सबैभन्दा धेरै २९ करोडको कारोबार भएको छ । त्यस्तै प्रभु बैंकको २० करोड ८६ लाख , अपर तामाकोशी २० करोड १५ लाख र शिवम् सिमेन्टको १९ करोड ३९ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुह सबैभन्दा धेरै ६.०८ प्रतिशतले बढेको छ भने विकास बैंक समुह ५.४९ प्रतिशत, फाइनान्स समुह ५.१६ प्रतिशत र हाइड्रो समुह ४.९६ प्रतिशतले बढेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com