२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

नेपाल लाइफ इन्स्योरेन्सको सिनियर डीसीओमा प्रवीण रमण पराजुली नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । २५ पौष २०७८ बाट पराजुलीले सिनियर डीसीओको कार्यभार सम्हालेका हुन् ।

पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए । संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै, यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमा लिएको बताए ।

‘अब मैले नेपाल लाइफको नम्बर १ कम्पनीको छवीलाई हरेक सुचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको छ’, नवनियुक्त सिनियर डीसीओ पराजुलीले बताए ।

पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com