२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

पर्यटकीय गतिविधिलाई चलायमान राख्न व्यवसायीको माग

काठमाडौं । जनस्वास्थ्यमको मापदण्डपालना गरी पर्यटन गतिविधिलाई चलायनमान राख्न सरकारसँग पर्यटन व्यवसायीले माग गरेका छन् ।

नेपाल पर्यटन बोर्डले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिसँग छलफल गरेको छ ।

कार्यक्रममा निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीले स्वास्थ्य मापदण्डपालना गर्दै पर्यटनलाई चलायमान बनाउन सुझाव दिए । कोरोना संक्रमण भन्दै हठात लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन व्यवसाय धराशायी भएको भन्दै त्यस्तो निर्णय नलिन उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलायमान राख्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले विगतमा कोभिडको संक्रमण र सीमित स्रोत र साधनकोका बीचमा पनि बोर्डले विभिन्न कार्यक्रमहरु गर्दै आएको दावी गरे ।

कार्यक्रममा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाटाका अध्यक्ष अच्युत गुरागाईले कोभिड विरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए ।

पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्थालाई हेरेर पर्यटन बोर्डले बजार रणनीति परिवर्तन गर्न सुझाव दिए । एक्सपिडिसन अपरेटर एशोसिएसनका अध्यष तथा पर्यटन व्यवसायी डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउन सुझाव दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com