२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

पर्यटकीय क्षेत्रको विकासका लागि प्रतिबद्ध छु : मन्त्री आले

कञ्चनपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नायल पर्यटकीय क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

कैलाली, कञ्चनपुर र डडेल्धुराको त्रिबिन्दुमा पर्ने पर्यटकीय क्षेत्र नायलको भ्रमण गर्दै आज उनले गुरुयोजना बनाइ यस क्षेत्रको विकासका कार्य अगाडि बढाइने बताए । पर्यटकीय क्षेत्र पुग्ने सडकको स्तरवृद्धिका लागि चाँडै कार्य अगाडि बढाइने उनले बताए ।

“नायल गाउँको ऐतिहासिक लोक सांस्कृतिक पुरातात्विक क्षेत्रको संरक्षण गर्नका लागि कार्यक्रम सञ्चालन हुन्छ”, उनले भने, “नायल गाउँलाई पूर्वडोटी र दक्षिण कञ्चनपुरसम्म जोड्दै ऐतिहासिक प्राकृतिक क्षेत्रको विकासका कार्यक्रम सञ्चालन गर्न इच्छुक छु ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com