२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । नेपालमा आज (मंगलबार) देखि तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । आज (मंगलबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।

आज प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

पूर्वी नेपालका केही स्थानमा गए रातिदेखि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण राति १२ बजेदेखि झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, दोमुखा- कन्काई र आसपास भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण पहिरो, भू-क्षय तथा उच्च बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले यसअघि नै विशेष बुलेटिन जारी गर्दै जनाइसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com