२०७९ माघ १८ - Wed Feb, 2023 -

Janasewa News

५ वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्छु : तोसिमा कार्की

५ वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्छु : तोसिमा कार्की

काठमाण्डौ – नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा। तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताउनुभएको छ ।

ललितपुर क्षेत्र नम्बर ३ बाट विजयी प्रतिनिधि सभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आउँदो ५ वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताउनुभएको हो ।

उहाँले संसदमा जनमुखि मुद्दाहरु उठाउने बताउनुभयो । आफूले मतदाता समक्ष राखेको प्रतिबद्धताहरू पूरा गरेपछि मात्रै विजयी उत्सव मनाउने भन्दै जितलाई जिम्मेवारीको रूपमा लिएको उल्लेख गर्नुभयो ।

‘हजुरहरूले दिनुभएका वाणीहरू, बाचाहरू, आशा, विश्वास, भरोसा सम्पूर्णलाई मैले संरक्षण गरेर हृदयभित्र जगेर्ना गरेर राखेको छु’ उहाँले भन्नुभयो ‘मेरो ५ वर्ष सदनमा ललितपुर मात्र होइन, समग्र देशवासीको गर्व गर्न लायक राजनीतिज्ञ, सांसद बनेर म उभिने छु ।’

उहाँले देशमा सुशासन र सुव्यवस्था स्थापित गर्न लागि पर्ने बताउनुभएको छ । ललितपुर बासीले आफूमाथि गरेको आशालाई निराशामा परिणत हुन नदिने पनि उहाँले प्रतिबद्धता गर्नुभएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com