२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

अर्थतन्त्रका समस्याबारे जानकार छु : अर्थमन्त्री पुन

काठमाडौँ – नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गरेका छन् ।

अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्या बारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताए ।

विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिने र नयाँ आशा जगाउन सक्ने उनले बताए । आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उनले बताए । मन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने उनले बताए ।

अर्थमन्त्री पुनले कार्यभार सम्हाल्नु भएलगत्तै पहिले निर्णयका रुपमा जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण सहायतालाई उत्पादनशील र दिगो पूर्वाधार आयोजनाको ठोस क्रियाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने निर्णय गरेका छन् ।

त्यस्तै ग्रीन क्लाइमेट फण्डको पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने निर्णय गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com