२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

नयाँ सिस्टम लागू भएपछि वैदेशिक लगानीमा सहज

नयाँ सिस्टम लागू भएपछि वैदेशिक लगानीमा सहज

काठमाडौं । उद्योग विभागले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लगानीकर्ताका लागि अनलाइनबाटै आवेदन दिने ‘सिस्टम’ सुरु गरेपछि सेवाग्राही लाभान्वित हुन थालेका छन्। गत साउन १ गतेदेखि सुरु गरिएको ‘इन्डस्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ लागू भएपछि तीन दिनभित्रै विदेशी लगानी स्वीकृत हुन थालेको छ।

भिसा सिफारिसको काम पनि एकैदिनमा हुने गरेको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले जनाएको छ। अध्यागमन, कम्पनी रजिस्ट्रर्ड कार्यालय, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आईक्यान०, आन्तरिक राजस्व विभाग र भन्सार विभागसँग समझदारीपत्रमा हस्ताक्षर ९एमओयू० गरेर तथ्यांक प्रविष्ट ९डाटा इन्ट्रिगेसन०को काम सुरु भएको छ। यो सिस्टम लागू भएपछि यसअघि दुई ठाउँमा बायोमेट्रिक दिएर इन्ट्री गर्नुपर्ने झमेलाबाट मुक्ति मिलेको छ। भिसा आवेदन पनि एक पटक दिए पुग्छ।

उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी अनलाइन सिस्टम सुरुवाती चरणमा काम गर्न गाह्रो भए लगानीकर्तालाई छिटोछरितो र तथ्यांकमा शुद्धता भएको बताउँछन्। ‘तुरुन्तै नतिजा नदेखिए पनि सबै रेकर्ड सिस्टममा हुन्छ। अब एक क्लिकमै काम सकिन्छ,’ उनले भने, ‘यसअघि आवश्यक फाइल सबै नभेटिने अवस्था थियो। कसले भिसा लग्यो भनेर फाइल खोज्नुपथ्र्यो। अब हरेक महिना कसले के ग¥यो भनेर अनलाइन सिस्टममै हेर्न सकिन्छ।’ कुनै विदेशी लगानीकर्ता भिसा लिन आयो भने सिस्टममा नम्बर राख्ने बित्तिकै पाइने उनले जानकारी दिए।

एकपटक निवेदन गरिसकेपछि अध्यागमनको प्रणालीमा पनि यतैबाट तथ्यांक पठाउने भएकाले ग्राहकले सीधै भिसा आवेदन दिन सक्छन्। निर्यात इन्टेन्सिभका लागि विभागले सिफारिस गरेपछि फेरि भन्सारमा गएर निवेदन दिनु पर्दैन। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com