२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

श्रीलंकामा चरम आर्थिक संकटको सामना गरिरहेको बेला औषधिको अभाव

एजेन्सी । चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा औषधिको अभाव हुन थालेको छ । बिरामीका लागि अत्यावश्यक कतिपय औषधिको अभाव हुन थालेको त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार संस्था एएफपीका अनुसार श्रीलंकाका स्वास्थ्य अधिकारीले तत्काल औषधि र स्वास्थ्य उपकरणको व्यवस्थापनमा जुट्न सरकारलाई आग्रह गरेका छन् । छिमेकी तथा सहयोगी देशसँग सहयोग माग गर्न पनि उनीहरुको सुझाव छ । दक्षिण एसियाली देश श्रीलंकामा आर्थिक संकटका कारण औषधिसहित अरु अत्यावश्यक वस्तु तथा सेवाको पनि अभाव चुलिएको छ । मूल्यवृद्धि अत्याधिक भएको छ । अभाव र मूल्य वृद्धिको विरोधमा नागरिकले आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका कारण राजनीतिक संकट पनि थपिएको छ । तत्कालीन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री नियुक्त गरेर सरकार सञ्चालन भइरहेको छ । तर, प्रभावकारी काम भने हुन सकेको छैन । सरकारले समस्या समाधान गर्न ठोस कदम चाल्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रदर्शनकारीलाई वार्तामा आउन यसअघि आग्रह गरेका थिए । तर, वार्ता हुन सकेको छैन ।

मंगलवार मात्रै श्रीलंकाले विदेशी ऋण भुक्तानीमा अस्थायी रोक लगाएको छ । ऋण तिर्नका लागि प्रयोग हुने विदेशी मुद्राले केही समयका लागि औषधि, इन्धन, खाद्यान्नलगायतका वस्तु खरिद गर्न सक्ने गभर्नर पी। नन्दलाल विरासिङ्घेले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com