२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको ४ नम्बर वडामा ल्याए हजार भन्दा बढी मत

भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले एउटै वडामा हजार बढी मत ल्याएका छन्।

वडा नम्बर –४ को करिब एक हजार मत गन्न बाँकी रहँदा उनले आफ्नो भोट हजार कटाएका हुन्।

पौडेलले वडा नम्बर १ बाट ४ सय ३०, २ बाट ४ सय ९४, ३ बाट ६ सय ४८ मत ल्याएका थिए।

उनले वडा नम्बर ४ को गणना भइरहँदा मत २ हजार ५ सय ७२ प‍ुर्‍याएका हुन्।

यो वडामा ९ हजार २ सय १० मतदातामा ५ हजार ९ सय २ जनाले मात्रै मतदान गरेका थिए। यो पौडेलको मेयर बन्ने प्रस्तावमा समर्थन गरेकी मिना खरेलको वडा हो। कांग्रेसकी महासमिति सदस्य उनलाई पार्टीले साधारण सदस्यबाटै निष्काशन गरेको थियो।

यसपछिका वडाहरूमा पनि राम्रो मत आउने आँकलन गरिएको पौडेलका सहयोगी कृष्ण रेग्मीले बताए।

अहिलेसम्म भरतपुर महानगरमा १५९३३ म गणना भएको छ। सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी रेनु दाहाल ५३१३ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले ५३१० मत ल्याएका छन्।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ६४०२ र राप्रपाकी हिमला गुरूङले ४२९८ मत पाएका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com