२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

पोखरिया अस्पतालमा जनशक्तिको अभाव

पोखरिया अस्पतालमा जनशक्तिको अभाव

वीरगञ्ज । पोखरिया नगरपालिकाले आफ्नो मातहतमा रहेको पोखरिया अस्पतालको सेवा सुविधा तथा भौतिक पूर्वाधार सुधार गर्न विभिन्न काम अघि बढाएको छ ।

१५ शय्याको अस्पताललाई सेवा सुधार गर्न नगरपालिकाले अस्पतालसँग सहकार्य गरी काम अघि बढाएको पोखरिया नगर प्रमुख प्रदुमन चौहानले जानकारी दिए । उनका अनुसार अस्पतालमा आवश्यक जनशक्ति व्यस्थापन, भौतिक पूर्वाधार र अन्य प्राविधिक व्यवस्थापकीय काम अघि बढाइएको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सञ्जय गुप्ताले अस्पतालको भवनबाट वर्षायाममा पानी चुहिने समस्या, आवश्यक प्रयोगशाला तथा जनशक्तिको अभाव रहेको बताए । नगरप्रमुख चौहानले अस्पतालमा देखिएका विभिन्न समस्या समयमै सामाधान गरिने जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com