२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

संसदीय समिति सभापतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतका संसदीय समिति सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।​

सोमबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्वाचित १० वटा समितिका सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । संसदीय समिति अन्तर्गत अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी आरजु राणा देउवा निर्वाचित भएका छन् ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका छन् ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा अब्दुल खान निर्वाचित भएका छन् । यसअघि समितिको सभापतिमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अन्तिम समयमा उम्मेदवारी फिर्ता दिएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com