२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

लाइसेन्स परीक्षामा पासलाई फेल र फेललाई पास

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गरेको अभियोगमा ९ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूले लाइसेन्स परीक्षामा पास भएकालाई फेल र फेल भएकालाई पास गराएको तथा परीक्षामा सहभागी नै नभएकालाई पनि पास गराएको अख्तियारको आरोप छ।

अख्तियारले यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र शाखा अधिकृत हरिप्रसाद गौतमसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो। २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा उनीहरूले अनियमितता गरेको अख्तियारले जनाएको छ । त्यतिबेला १ सय ६८ जना परीक्षार्थीको नतिजा फेरबदल गरिएको अख्तियारले दाबी छ।२०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरूलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरूलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्ने कार्य गरेको अख्तियारले जनाएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com