२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

माधव नेपालको दाबी : पाँचदलीय गठबन्धनले देशलाई विभिन्न संकटबाट बचायो

माधव नेपालको दाबी : पाँचदलीय गठबन्धनले देशलाई विभिन्न संकटबाट बचायो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धनले देशलाई विभिन्नखाले संकटबाट बचाएको बताएका छन् । गठबन्धनले संसद, संविधान, लोकतन्त्र, गणतन्त्रदेखि लिएर विदेशी सैन्य रणनीतिको हिस्सा बन्नबाट बचाएको उनले बताए ।

समाजवादी प्रेस संगठन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

‘पाँचदलीय गठबन्धनको सरकारले यो देशका विभिन्नखाले संकटबाट जोगाउँदै जोगाउँदै अगाडि बढिरहेको छ’, उनले भने, ‘हामीले जनतालाई अन्धराष्ट्रवादी होइन, सच्चा देशभक्त बनाउन लागिरहेका छौं ।’

एमसीसी र एसपीपीजस्ता कठिन विषयमा पनि गठबन्धनको सरकारले देशलाई जोगाएको अध्यक्ष नेपालले बताए । देश–देश आफ्ना स्वार्थ हुने र उनीहरूले आफ्ना हिस्सामा लैजान खोज्ने उनले बताए ।

‘तर, हामीले कसैको पक्षमा जाँदैनौं भनेका छौं । हामी ठीकरबेठीक छुट्याएर अघि बढेका छौं’, उनले भने, ‘एसपीपी, एमसीसीको विषयमा धेरै चर्चा परिचर्चा भए । एमसीसीलाई व्याख्यात्मक घोषणाबाट पास गरेर संसदको अंग बनायौं ।एसपीपीको विषयमा विगतमा केही भए पनि सैन्य रणनीतिको अंग बन्दैनौं भनेर प्रस्ट पारिसकेका छौं ।’

अध्यक्ष नेपालले जनतालाई समेत ठीक र बेठीकको पहिचान गर्न समर्थ बनाउनुपर्ने बताए । ‘ठीकको समर्थन गर्ने, बेठीकको आलोचना गर्ने सामर्थ्य भएको जनता बनाउनुपर्छ । ताकि नेपालीहरू इमानदार छन्, जानकार छन् र ठीकरबेठीक छुट्याउन सक्छन् भन्ने पार्नुपर्छ’, उनले भने ।

यस्तै गठबन्धनले संविधान जोगाउने, अस्थिरताबाट देश बचाउने काम गरेको पनि बताए । उनले भने, ‘यसैगरी गणतन्त्र र लोकतन्त्रको रक्षा भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com