२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

बाजुरा भूकम्पले १५ घरमा पूर्ण क्षति

काठमाडौं । बाजुरा केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पबाट मानवीय क्षति नभए पनि १५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार भूकम्पले क्षति पुगेका घरका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले हालसम्म १५ घर बस्न नमिल्ने गरी क्षति पुगेको जानकारी आएको र थप जानकारी लिने कार्य भइरहेको बताए । ‘भूकम्पले मानवीय क्षति भएको छैन । पूर्ण रुपमा क्षति पुगेका घरका परिवारलाई नजिकै, आफन्तको घरमा सुरक्षित रहन भनेका छौं’, उनले भने ।

सीडीओ पाध्याका अनुसार १५० भन्दा बढी घरमा भूकम्पले आंशिक क्षति पुर्‍याएको छ । ‘विवरण संकलन गर्ने काम भइरहेको छ । भोलिसम्म योबारे पूर्ण जानकारी मिल्ला’, उनले भने ।

उनका अनुसार भूकम्प प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेको र पीडितको सुरक्षाका लागि आइतबारदेखि राहतको व्यवस्था गर्ने योजना छ । बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान ५.२ रेक्टरको भूकम्प गएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com