२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

माओवादीको विधान अधिवेशन आज पनि, समूहगत छलफलपछि अन्तिम रूप दिइने

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ ।

पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो उद्‌घाटन गरेको सो अधिवेशनमा आज २० वटा समुहले आआफ्नो प्रस्तुति दिनेछन् ।

महासचिव देवप्रसाद गुरुङले हिजो गठन गरिएका २० वटा समूहले प्रस्तावित विधानमा छलफल गरिसकेपछि आज प्रस्तुतिकरण हुन लागेको बताए । अध्यक्ष प्रचण्डले बुधबार १ बजेसम्म छलफल गरी आफ्नो समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गर्न समयसिमा तोकेका छन् ।

तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com