२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

१२ देखि १८ वर्षभन्दा मुनि उमेरका बालबालिकालाई आजदेखि कोरोना खोप

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा आजदेखि बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप दिँदै छ । १२ देखि १८ वर्षभन्दा मुनिको उमेरका बालबालिका तथा विद्यार्थीहरुलाई खोप दिन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै आज (मंगलबार) देखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा उक्त खोप लगाउने जानकारी दिएको हो । यद्यपि तीनै जिल्लाका स्थानीय तह तथा वडाहरुमा भने बालबालिकाहरुलाई केही दिनअगाडिदेखि नै खोप दिन थालिएको छ ।
आजबाट भने सबै स्थानमा अनिवार्य खोप अभियान सुरु गरिन लागेको हो । विद्यार्थी तथा बालबालिकालाई उमेर खुल्ने कागजातको आधारमा तोकिएका खोप केन्द्रहरुबाट खोप दिइनेछ । उनीहरुलाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ । तर खोप लगाउँदा आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न र भीडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com