२०८१ बैशाख ५ - Wed Apr, 2024 -

Janasewa News

पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता : एपीएफ क्लबको लगातार जित

काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ । समूह ‘बी’ अन्तर्गत टीयू क्रिकेट मैदानमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपीएफले दोस्रो जित दर्ता गरेको हो ।

जीतसँगै एपीएफले दुई खेलबाट चार अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार बागमतीले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले १८ दशलमब ४ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । यसअघि ब्याटिङ गर्दै बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रनको योगफल तयार पार्न सफल भयो ।

त्यस्तै समूह ‘ए’ अन्तर्गत टियु क्रिकेट मैदानमा विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले लगातार दोस्रो जित दर्ता गर्यो । खेलमा जितका लागि चाहिएको १ सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी निर्धारित ओभरको एक बल बाँकी छदा १ सय ३७ रनमा अलआउट भएको थियो ।

त्यस्तै समूह ‘ए’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा प्रदेश नं १ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले पहिलो जित दर्ता छ । कर्णालीविरुद्ध १ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १७ दशमलब ५ ओभरमा अलआउट हुदै मात्र ८९ रन जोड्न सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन जोड्यो ।

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा प्रदेश नं २ ले पहिलो जित दर्ता गरेको छ । समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई २ विकेटले पराजित गर्दै प्रदेश २ ले पहिलो जित हात पारेको हो ।

१ सय १७ रनको लक्ष्य प्रदेश २ ले १८ दशमलब १ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रन जोड्यो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com