२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सेयर बजारमा गिरावट, जाल्पाको सेयर मूल्यमा सर्किट ब्रेक

सेयर बजारमा गिरावट, जाल्पाको सेयर मूल्यमा सर्किट ब्रेक

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार पनि धितोपत्र बजारमा गिरावट रोकिएन। सेयर बजार १५ अंकले घटेको छ। सोमबारको कारोबारमा ३५ अंकले घटेको सेयर बजार आज पुनं. १५.०२ अंकले घटेको हो। आइतबार ९५ अंकले बढेको बजार हिजो र आज भने घटेको छ।

आज २३८६.०१ अंकबाट सुरु भएको बजार बन्द हुने बेलामा २३७०.९९ अंकमा ओर्लिएको छ। तेस्रो कारोबारको दिन नेप्से परिसूचक ०.६३ प्रतिशत तथा क वर्गका कम्पनीहरू सेयर मूल्य मापक सेन्सेटिभ परिसूचक ०.३८ प्रतिशत अर्थात १.७४ अंकले घटेर ४५२ दशमलव ९५ अंकमा ओर्लिएको छ ।

१५ अंकले बजार घट्दा आज कारोबार भएका २ सय २८ कम्पनीको सेयर कारोबारमा १ अर्ब ४ करोड ६० लाख १४ हजार ४ सय १७ रूपैयाँ बराबरको ३४ लाख १९ हजार २ सय २८ कित्ता सेयर २५ हजार ७ सय ६६ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।

समूहगत परिसूचकमा आज म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यचुअल फण्ड बाहेक अन्य ११ समूहको सेयर मूल्य बढेको छ। सबैभन्दा बढी हाइड्रो समूहको सेयर मूल्य घटेको छ। हाइड्रो समूहको सेयर १.४९ प्रतिशतले घटेको छ।

बजार घट्दा आज कारोबार भएका जम्मा ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५६ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबारमा बढी कमाउने कम्पनीमा जाल्पा सामुदायिक लघुवित्त,एनआइबिएल समृद्धि फण्ड, किसान लघुवित्त, एनआइबिएल प्रगती फण्ड, मेगा म्युचुअल फण्ड लगायतका कम्पनी रहेका छन् । जाल्पाको सेयरमा सर्किट ब्रेक लागेको छ

आजको कारोबारमा सर्वाधिक गुमाउने पाँच कम्पनीमा हिमालयन पावर, मल्टिप्रपोज फाइनान्स, युनाइटेड आइडीआई मार्दी आरबी हाइड्रो, महुली लघुवित्त तथा सामुदायिक लघुवित्त रहेका छन्।

 

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com