२०८१ जेष्ठ २ - Wed May, 2024 -

Janasewa News

इंग्लिस प्रिमियर लिग फुटबलमा नर्विचलाई हराउँदै चेल्सीको सहज जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३–१ अन्तरको जित निकालेको हो ।

तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १–१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे ।

जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर पुछारमा छ ।

अन्य खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई ३० अन्तर, उल्भ्सले वाट्फोर्डलाई ४–० अन्तर र न्युक्यासल युनाइटेडले साउथह्याम्पटनलाई २–१ अन्तरले पराजित गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com