२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

विकास र राजनीतिलाई सँगसँगै लिएर जानुपर्ने : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताएका छन् । ऋषि गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा आज उनले भने, विकास र राजनीति एक अर्काका परिपूरक हो । त्यसैले विकास र राजनीतिलाई सँगसँगै लिएर जानुपर्दछ ।

विकासका क्षेत्रमा पछि परेका ऋषिङमा अहिले विकास निर्माणले गति लिन थालेको उल्लेख गर्दै उनले हिजो हामीले विकास निर्माणको सुरुआत गरेको र आज विकास भएका कारण गाउँको मुहारमा परिवर्तन आएको बताए । उनले गाउँपालिकाले खेलकुदका माध्यमबाट सिङ्गो गाउँपालिका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न चालेको कदम सकारात्मक रहेको उल्लेख गरे ।

नेता पौडेलले खेलकुद राष्ट्रको गहना भएको बताउँदै यसको सम्वद्र्धनका लागि राज्यले उचित ध्यान दिन सके सक्षम खेलाडी उत्पादनमा सहज हुनेमा जोड दिए । खेलकुद मानिसको स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण भएको उल्लेख गर्दै उनले स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राखेर राष्ट्रियस्तरका खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले म्याराथन प्रतियोगितामा विजयी हुने खेलाडीलाई नगद, प्रमाणपत्र, मेडल र ट्रफिबाट पुरस्कृत गरे । म्याराथनको उपाधि तीर्थराज तामाङले हात पारेका छन् । ४२ दशमलव पाँच किलोमिटर लामो दूरीको उक्त म्याराथन २ घण्टा ५२ मिनेटमा पार गर्दै उनले उक्त उपाधि जित्न सफल भएका हुन् । त्यसैगरी देवराज महतराले २ घण्टा ५४ मिनेटमा सो दूरी पार गरी द्वितीय भएका छन् । यी दुबै जना त्रिभुवन आर्मी क्लबका हुन् ।

त्यसैगरी सुमन कुलुङ राईले तृतीय र राजन मेयङग्बाले सान्तवना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र सान्तवना हुने खेलाडीलाई क्रमशः ६५, ४०, २५ र १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com