२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

जनवादी राज्यसत्ता स्थापना नभएसम्म जनताको समस्या समाधान नहुने : महासचिव मोहन बैद्य (किरण)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले अहिलेका राजनीतिक दलहरुबाट देशले निकास नपाउने बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वैद्याले विभिन्न दलको महाधिवेशन हेर्दा विचार शून्य देखिएको भन्दै राजनीतिक दलहरुबाट देशले निकास नपाउने बताएका हुन् ।

उनले जनवादी राज्यसत्ता स्थापना नभएसम्म जनताको समस्या समाधान नहुने तर्क गरे । वैद्यले अहिले क्रान्तिकारी भन्नेहरुको अवस्था पनि कमजोर भएको भन्दै नयाँ राज्यसत्ताका लागि नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादमा जाने र क्रान्तिकारीलाई गोलबन्ध गर्दै रणनीति भएको जानकारी दिए ।

त्यस्तै उनले पार्टी एकता र ध्रुविकरणका लागि लामो समयदेखि पूर्व माओवादीसँग प्रयास भइरहेको भएपनि सिंगो पार्टीबीच पार्टी एकता सम्भव नदेखिएको स्पष्ट पारे । उनले एमसीसी खारेज हुनुपर्ने भन्दै त्यसका लागि एमसीसी बिरोधी शक्तिसँग मिलेर अगाडि बढ्ने धारणा राखे ।

वैद्यले मुलुकमा संघीयता आएपनि जनताका समस्या उस्तै रहेको जिकिर गरे । गणतन्त्र हुँदै जनवादी गणतन्त्रमा जाने बाटोमा आफुहरु रहेको उनको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com