२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

सहकारी अध्यादेशका केही बुँदा संशोधन गर्न एमालेको माग

नेकपा (एमाले) ले हालै जारी गरेको ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को स्वागत गर्दै यसमा भएका केही बुँदा संशोधन गर्न सरकारसँग माग गरेको छ ।

च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयमा शुक्रबार एमाले केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख खगराज अधिकारीले अध्यादेशमा रहेका केही बुँदाले सहकारीका आधारभूत मान्यता र सदस्यको नैसर्गिक अधिकारसमेत कुण्ठित हुनेगरी देखिएकाले प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्नुपर्ने बताए ।

उनले अध्यादेशमा समावेश भएका केही विषयले सहकारी क्षेत्रको वृद्धि र विकास, सदस्यको सुरक्षा, सुशासन प्रवर्द्धन, प्रभावकारी सञ्चालन र व्यवस्थापकीय कुशलतामा बाधा पुग्ने प्रावधानले सहकारी क्षेत्रलाई संविधानको मर्मअनुसार सञ्चालन गर्न नसकिने स्थिति सिर्जना भएको दाबी गरे ।

“बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था कार्य क्षेत्रका आधारमा व्यक्तिगत बचतको सीमा निर्धारण गर्दा सहकारी सदस्यको आफ्नो सम्पत्ति व्यवस्थापनका लागि छनोटको अधिकार कुण्ठित हुने र वित्तीय समावेशीकरणको आधारभूत मान्यता प्रतिकूल असर पर्ने देखिन्छ”, विभागका प्रमुख अधिकारीले भने।

विभागले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सस्थाका सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी निर्वाचित वा बहाल रहन नसक्ने व्यवस्थाले संस्थाका गतिशीलतामा अवरोध सृजना गर्ने र तल्लो तहको नेतृत्व माथिल्लो तहमा प्रतिनिधित्व गर्न रोक लगाउने प्रावधानले नेतृत्व विकास र नेतृत्वको कुशल व्यवस्थापनमा मात्र समस्या सृजना हुने नभई प्रतिनिधिको चुन्ने र चुनिने अधिकारसमेत निषेध हुने देखिने गरेको उनको भनाइ थियो ।

विभाग प्रमुख अधिकारीले विश्व सहकारी अभियानको आधारभूत मान्यता र नेपालको संविधानको मुख्य व्यवस्थाको प्रतिकूल हुनेगरी कुनै पनि कानुनी व्यवस्था नल्याउन सरकारसँग आग्रह गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com