२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Janasewa News

नेकपा एमालेले भारतिय पक्षले नेपाली भुभागमा गरेको निमार्ण कार्यप्रति अशन्तुष्ट गरायो सरकारको ध्यानाकषर्ण

सहमति विपरित भारतीय पक्षबाट नेपाली भूभागमा सडकसहितका संरचना निर्माण गरेको प्रति एमालेले गरायो सरकारको ध्यानाकषर्ण

काठमाडौं । नेकपा एमालेले भारतिय पक्षले नेपाली भुभागमा गरेको निमार्ण कार्यप्रति अशन्तुष्ट जनाएको छ ।

नेपाल र भारतबीच भएको सहमति विपरित भारतीय पक्षबाट नेपाली भूभागमा सडकसहितका संरचना निर्माणलाई तिव्रता दिएको भन्दै एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।
‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ ।’

पार्टीका परराष्ट्र विभागका प्रमुख डा. राजन भट्टराईले आज मंगलबार एक विज्ञप्ती जारी गरि नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्छ, सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा (एमाले) को अविचलित मान्यता छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com