२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि २ को मृत्यु

काठमाडौं । विगत एक सातादेखि नेपालमा पनि कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन विधिबाट १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ मा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ, भने २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com