२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

नागरिकता विधेयक फिर्ता लिएर सरकारले जनताको अधिकार खोस्यो : विशाल भट्टराई

नागरिकता विधेयक फिर्ता लिएर सरकारले जनताको अधिकार खोस्यो : विशाल भट्टराई

जनसेवा न्युज डटकम संवाददाता

नेकपा एमालेका सांसद विशाल भट्टराईले सरकारले नागरिकता विधेयक फिर्ता लिएर नागरिकको हक खोसेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले सरकारले छलफल भइसकेको र टुंगिसकेको नागरिकता विधेयक फिर्ता लिएर नागरिकको सामान्य अधिकार पनि खोस्ने काम गरेको आरोप लगाएका हुन् ।

उनले लामो समयदेखि नागरिकताबाट वञ्चित भएका नागरिकलाई नागरिकता प्रदान गर्न लागि परेपनि सरकारले अहिले फिर्ता लिँदा एमाले आश्चर्यमा परेको बताए । उनले एमालेले नागरिकता विधेयक पास गर्न सहयोग गर्न तयार रहेको भएपनि अर्को विधेयक ल्याउने सरकारको निर्णयलाई त्यसभित्रका कुराहरु नहेरी समर्थन नगर्ने बताए । सांसद भट्टराईले नागरिकता ऐन छिटोभन्दा छिटो पास गरी नागरिक हुनबाट वञ्चित नेपालीलाई नागरिकता प्रदान गर्नुपर्ने बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com