२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

काठमाडौंमा अझै ५१ प्रतिशत मतगणना गर्न बाँकी

काठमाडौंमा अझै ५१ प्रतिशत मतगणना गर्न बाँकी

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौं महानगरपालिकामा अझै ५१ प्रतिशत मत गन्न बाँकी रहेको छ । हालसम्म स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् । लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवार भएका शाहले ३५ हजार १ सय ३० मत प्राप्त गर्दै अग्रता बनाइरहेका हुन्। महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेको थियो ।

शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६ सय ४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ । यसअघिको निर्वाचनमा एमालेको पकड क्षेत्र मानिएका वडाहरूमा मतगणना जारी छ । अझै ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी छ ।

९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी छ । जसमध्ये १० र ११ नम्बर वड कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com